![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेकी छन् । भण्डारी उमेदवारी दर्ता गर्न आफैँ नयाँ बानेश्वरस्थित निर्वाचन कार्यालय पुगेकी थिइन् । भण्डारी निर्वाचन कार्यालय पुग्नु अघि नै प्रधानमन्त्री केपी ओली त्यहाँ पुगेका थिए ।
भण्डारीको प्रस्तावकमा पाँच जना रहेका छन् । उनलाई एमाले नेता माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले प्रस्ताव गरेका छन । माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारीले समर्थन गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपतिको निर्वाचन २९ फागुनमा हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि कूल ८८० मतदाता रहेका छन् । प्रदेशतर्फका ५४९ संघीय संसद्का ३३१ ले राष्ट्रपति चुन्ने संवैधानिक व्यवस्था छ ।


