Breaking News.... EverestOnlineKhabar
June 5, 2026

वनको डढेलो गाउँमा पसेपछि जलेर ६ घर ध्वस्त

Loading

तेह्रथुम,फागुन ।
वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेदेखि घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका छवटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए ।
उनका अनुसार आगलागीबाट रु ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी दुवै अभाव भएकाले ठूलो क्षति भएको प्रजिअ खनालले बताए । छ वटै घरमा आगो सल्किएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed