Breaking News.... EverestOnlineKhabar
August 13, 2026

झापा गोल्डकप फुटबलमा थ्री स्टारद्वारा एपिएफ १–० ले पराजित

Loading

झापा । बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकप प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा थ्री स्टार विजयी भएको छ ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० को गोलअन्तरले पराजित गर्दै थ्री स्टार विजयी बनेको हो । विदेशी खेलाडी अजयी मार्टिनको गोलको मद्दतले रुस्लान थ्री स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको १२ औँ मिनेटमा थ्री स्टारका तर्फबाट मार्टिनले गरेको गोल नै निर्णायक बनेको थियो । प्रतियोगिताको निर्णायक गोल गर्ने मार्टिन नै खेलको ‘म्यान अफ दि म्याच’ घोषित भएका छन् । उनले रु २५ हजार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed