![]()
काठमाडौं । सरकारमा जाने निर्णयसंगै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बोली नरम भएको छ । सधैं सरकार र प्रमुख दलमाथि कडा प्रहार गर्ने यादव मंगलवार संसद बैठकमा रक्षात्मक देखिए ।
संसद बैठकमा यादवले सामान्य र पुरानै कुरा दोहर्याए । उनले सरकारले संविधान संशोधन गर्दै अगाडी बढ्नुपर्ने, राष्ट्रिय सुरक्षा नीति र परारष्ट्र नीति सुधार गर्नुपर्ने, शैक्षिकस्तर बढाउनु पर्ने, कमिसनतन्त्र र भष्ट्रचार अन्त्य गर्नुपर्ने बताए ।
अनुहार नमिले पनि, भाषा नमिले पनि, खानपान नमिले पनि, सयौं थुँगा नेपाली भने जस्तै बनाउने गरी अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिए ।
महत्तोले हिन्दीमै भाषण गरे
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन ठुलो बनाएर काम गर्न सुझाव दिए ।

संघीय संसदलाई हिन्दीमा सम्बोधन गर्दै महतोले भने, ’प्रधानमन्त्रीजी, जनताने वाम गठबन्धनको बडा दल बनादिय, अपने भी दिल बडा किजिए।’
महतोले अब नयाँ इतिहास रच्नका लागि पुरानो सोच र पुरानो मानसिकता त्याग्नु पर्ने बताए। त्यसैगरी उनले एकले अर्कोको मान र सम्मान गर्नु पर्ने बताए छन्। महतोले भने, ’हिमाल पहाडी र तराई सवैलाई आफ्नो सम्झिए मात्र नयाँ नेपाल बन्छ।’


