![]()
काश्की । नेपालमै पहिलो पटक महिला कुस्ती प्रतियोगिता हुने भएको छ । नेपाल कुस्ती संघको आयोजनामा बैशाखको तेश्रो साता पोखरामा ‘प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता २०७५’ हुने भएको हो ।
संघले मंगलबार पत्रकार सम्मेलन गरी कुस्ती खेलको विकास, बिस्तार र खेलाडीको पहिचान गर्ने उद्धेश्यले आगामी बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको हो । पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता हुने छ ।
विभिन्न ८ वजन समूहमा हुने प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र १६ कास्य गरी कुल ३२ पदका लागि ७० खेलाडीले प्रतिष्पर्धा गर्नेछन ।


