Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मिथिलाञ्चल २ नम्बर प्रदेशको मुटु हो, यसको विकासका लागि पहल गर्छु : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मिथिलाञ्चल प्रदेश नम्बर २ को मुटु भएकाले यसको चौतर्फी विकास अत्यावश्यक रहेको बताउनु भएको छ ।

मिथिला यें आर्ट ग्यालरीद्वारा काठमाडौंमा आयोजित मिथिला देवी यादवको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै नेता खनालले मिथिला क्षेत्रको आर्थिक, समाजिक, सांस्कृतिक एवम धार्मिक क्षेत्रको विकासका लागि आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो ।

नेता खनालले बिश्वको सर्वोच्च शिखर सगरमाथा, लुम्बिनी जस्ता बिभिन्न गौरवका धरोहर बिश्वसामु चिनिए जस्तै मिथिला क्षेत्रको प्रचारप्रसार पनि आवश्यक रहेको र त्यसका लागि मिथिला देवी यादवको चित्रकला महत्वपूर्ण हुने बताउनुभयो । चित्रकलाका माध्यमबाट पनि मिथिला क्षेत्रलाई बिश्वमाझ चिनाउन उहाँले सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । उहाँले चित्रकलाका माध्यमबाट मिथिला क्षेत्रको रहनशहन, बस्तुस्थिति, चाडवाड लगायत समग्र पक्षलाई उतार्न सफल भएकोमा चित्रकार यादवलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो ।

सम्बोधनकाक्रममा नेता खनालले १० बर्षको अथक प्रयासपछि निर्मित संविधानले दिएका जिम्मेवारी पूरा गर्दै जानु सबैको कर्तव्य भएको उल्लेख गर्नूभयो । उहाँले चित्रकला प्रदर्शनीको अभिरुचीपूर्वक अवलोकनसमेत गर्नूृभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed