![]()
काठमाडौं । होलीको बाहनामा नियम बिपरित सवारी साधन चलाउने करिब ३ सय युवायुवती र ६ सय सवारीसाधनलाई प्रहरीले काठमाडौं उपत्यकामा नियन्त्रणमा लिएको छ । जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहोर पानी छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने युवायुवती र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसरका तीनवटै जिल्लाका प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने तथा कागजात नभएका ५ सय ६७ सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले पक्राउ परेकालाई कसूर अनुसार मुद्दा प्रक्रिया अगाडि बढाइने जनाएको छ ।


