Breaking News.... EverestOnlineKhabar
June 4, 2026

न्यूजील्याण्डबिरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा इंग्ल्याण्ड बिजयी

Loading

एजेन्सी । न्यूजील्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्डले जित हात पारेको छ । इंग्ल्याण्डले न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

२२४ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धा्रित ३७.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा र्गयो । इंग्ल्याण्डको जितमा बेन स्कोक्सले अविजित ६३ र कप्तान इओइन मोर्गनले ६२ रन बनाए । त्यस्तै, जोन्नी बरस्टौंले ३७ र जोस बुट्लरले ३६ रन बनाए ।बलिङतर्फ न्यूजील्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले निर्धा्रित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा २२३ रन मात्रै बनाउन सकेको थियो । न्यूजील्याण्डका लागि मिचेल साट्नरले अविजित ६३ र मार्टिन गुप्टिलले ५० रन बनाएका थिए ।

५ खेलको एक दिवसीय क्रिकेट सिरिजमा इंग्ल्याण्डले १–१ को बराबरीमा र्पुयाएको छ । यसअघि भएको पहिलो खेलमा न्यूजील्याण्डले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed