Breaking News.... EverestOnlineKhabar
June 4, 2026

यी हुन बिश्व क्रिकेटका सबैभन्दा कान्छा कप्तान

Loading

एजेन्सी । अफगानिस्तानी क्रिकेट टोलीका चर्चित बलर रसिद खान अफगानी राष्ट्रिय टोलीका कप्तानमा बनेका छन्। लेग स्पीनर १९ वर्षीय रसिदले सबैभन्दा कान्छो उमेरमा राष्ट्रिय टोलीको कप्तान बन्ने रेकर्डसमेत बनाएका छन्।

आइसीसी विश्वकप छनोटका लागि हाल नामिबियामा रहेको टोलीको कप्तानी रसिदले गरिरहेका छन्। साविकका कप्तान मोहमद असगर स्तनिक्जाइ एपेन्डिक्सको अप्रेसनका लागि अस्पताल भर्ना भएका छन्। उनलाई अझै १० दिन आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ । यसै कारण उनको ठाउँमा रसिद खानलाई कप्तानको जिम्मेवारी दिइएको हो।

वेस्टइन्डिजसँगको अभ्यास खेलको कप्तानी गरेका रसिदले बिहीबार नेदरल्याण्डविरुद्धको अभ्यास खेलको पनि कप्तानी गर्ने छन्। साथै आइसीसी विश्वकप छनोटको पहिलो खेल अन्तरर्गत ४ मार्चमा स्कटल्याण्डविरुद्धको खेलको कप्तानी पनि रसिदले नै गर्ने छन्।

विश्वकै महंगो क्रिकेट लिग आइपीएलको यस सिजनका लागि रसिद ९ करोड भारतीय रुपैयाँमा सनराइज हैजरावादमा अनुबन्धन भएका छन्। आइसीसीको विश्व वरियतामा बलर तर्फ टी ट्वीन्टीको वरियतामा १ नम्बरमा र एक द्विवसीयको वरियतामा दोस्रो नम्बरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed