Breaking News.... EverestOnlineKhabar
June 4, 2026

शेरधन राईमाथि बम हान्ने पूर्व मन्त्री पदम राईलाई मुद्दा चलाउन भोजपुर लगियो

Loading

भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवम प्रदेश सभाका तत्कालिन उम्मेदवार शेरधन राईमाथि बम आक्रमण गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री पदम राईलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुर पुर्याएको छ ।

उनलाई शेरधन राईमाथि चुनावी प्रचारपसारको क्रममा गत मंसिर ४ गते ट्याम्के मैयुङ गाउँपालिकास्थित गुम्बामा बम आक्रमण गरेको आरोप लगाइएको छ । पदमलाई गत फागुन १३ गते मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेता राईलाई त्यही प्रकरणमा मुद्दा चलाउन भोजपुर ल्याइएको हो । पक्राउ परेका राईलाई मुद्दाको फैसलाका लागि जिल्ला अदालत भोजपुरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राई भोजपुरका पुराना माओवादी नेता हुन्। उनी आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed