Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पाँच भारतीय पक्राउ परेपछि खुल्यो अध्यागमनमा हुने खतरनाक सेटिङको रहस्य

Loading

काठमाडौं । अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्ने्बित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो।

प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्।

विमानस्थलका केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउनेबित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए। त्यसलगत्तै, प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए।

प्रहरीको समन्वयमा उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा होल्ड गरिएको थियो। दुई जना नो अब्जेक्सन लेटर नभएका भारतीयलाई विमानस्थलबाट पक्राउ गरी बाहिर ल्याइएको थियो।

सेटिङमा पठाएको घटनाले विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed