Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बैद्य र चन्द एकीकरण अभ्यास :‘ कार्यगत एकताबारे चितवनमा चार बुँदे सहमति’

Loading

चितवन । कुनै समय मुलधारको माओवादीबाट सम्बन्ध बिच्छेद गरी एकसाथ छुट्टिएर अलग्गै पार्टी बनाएका मोहन बैद्य र नेत्रबिक्रम चन्द लामो समय आपसमा बस्न सकेनन । नेत्रबिक्रम चन्द बिभिन्न असहमति राख्दै बैद्यसंग सम्बन्ध बिच्छेद गरी अलग्गै राजनीतिक अभियानमा लागे । अहिले पुनः बैद्य र चन्द एकता प्रक्रियामा आउन थालेका छन ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ ।

दुवै पार्टीको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो ।

चारबुँदा सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने उल्लेख छ ।

यस्तै देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीको खेद व्यक्त गर्दै संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed