![]()
एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिग लिग फुटबलमा हार बेहोरेको छ । रियल स्पानियोलसँग १–० गोलअन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा स्पानियोलले अन्तिम समयमा आएर गोल गर्दै रियल मड्रिडमाथि जित हात पारेको हो । स्पानियोललाई जित दिलाउनका लागि जेरार्ड मोरेनोले गोल गरे ।
खेलको अतिरिक्त समयमा मोरेनोले गोल गर्दै स्पानियोललाई जित दिलाएका हुन् । पराजित भएको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ । २६ खेल खेलेको रियललको ५१ अंक भएको छ । त्यस्तै,स्पानियोल भने १३ औं स्थानमा उक्लिएको छ ।
स्पानियोलको ३१ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ ।


