![]()
एजेन्सी । स्वान्सी सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शेफिल्ड वेड्नस्डेलाई २–० गोलअन्तरले पराजित गर्दै स्वान्सी अन्तिम आठमा प्रवेश गरेको हो ।
आफ्नो घरेलु लिबर्टी रंगशालामा भएको खेलमा शेफिल्डमाथि जित हात पार्दै स्वान्सी सन् १९६४ पछि एफए कपको क्वाटरफाइनलमा पहिलो पटक पुगेको हो । स्वान्सीको जितमा जोर्डन अयव र नाथन डाएरले गोल गरे ।


