Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले र माओवादीको एकता अब धर्तीको कुनै शक्तिले रोक्न सक्दैन : पूर्व प्रधानमन्त्री खनाल (भिडियोसहित)

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।

नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले विभिन्न कालखण्डमा दुइ पार्टीबीच उतारचढाव आएपनि मुलुकको हीतलाई केन्द्रमा राखी अब दुई पार्टी एक हुन लागेको बताउनुभयो । हालै भएको ७ बुँदे सहमति पार्टी एकीकरणको ठोस आधार भएको भन्दै उहाँले एकीकृत पार्टीले मुलुकको विकास र समृद्धिका कायापलट गर्ने आश्वासन दिनुभयो ।

संसदको निर्वाचनको संघारमा दुइपार्टीबीच कार्यगत एकतासँगै अहिले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै नेता खनालले भन्नुभया–‘समाज र राष्ट्रमा आएको परिवर्तनले दुइ पार्टीलाइ एक स्थानमा ल्यायो, आपसी मत भिन्नतालाइ कम गर्दै विभिन्न घडीमा सरकारमा सँगै रहँदा आत्मियता बढायो, अब एक हुँदैछौं । ’

मुलुकको भावी प्रधानमन्त्रीका लागि समेत बलियो उम्मेदवारका रुपमा देखिनु भएका नेता खनालले सुखी नेपाली समृद्ध नेपाल निर्माणको सपना बामसरकारको नेतृत्वमा पूरा हुने उल्लेख गर्नुभयो । उहाँले यस पटकको निर्वाचनमा एमाले पहिलो भएको र वामगठबन्धनको बहुमत रहेकाले देशमा लोकतान्त्रिक विकास र समृद्धि सम्भव हुने धारणा राख्नुभयो ।

सम्पर्क मञ्चका अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता खनाललाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने रामेछापका ४ सांसदलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed