![]()
एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको दुबइको एक होटलमा भएको मृत्युबारे थुप्रै आशंका उठेका छन । उनको मृत्युको कारण सुरुमा ‘हर्ट एट्याक’ भनिएकोमा पछिल्लो समय बाथटपमा डुबेर निधन भएको भनिएको छ । दुबइ प्रहरकिा अनुसार श्रीदेवीले मदिरा पिएकी थिइन् र बाथरुममा सन्तुलन गुमाउँदा बाथटबमा भरिएको पानीमा डुबेर उनको मृत्यु भयो । पूरै घटनाक्रममा कैयौं यस्ता प्रश्नहरु छन् जसले यो मृत्युलाई झनै रहस्यमय बनाइदिएको छ ।
१. बोनी कपुर आफ्ना भान्जाको बिहेमा श्रीमती र कान्छी छोरी लिएर दुबइ गएका थिए । बिहे सकिनासाथ बोनी एक दिनको लागि मुम्बइ आए र भोलिपल्टै फेरि श्रीदेवीलाई सरप्राइज दिन भन्दै दुबइ फर्किए । उनी मात्रै एक दिनको लागि दुबइ नै नबसेर मुम्बइ किन आए ?
२. डाक्टरहरुले प्रश्न उठाएका छन् ‘यदि बाथटबमा लडेर श्रीदेवीको कृत्यु भएको हो भने उनको शरीरमा कुनै पनि सानोसम्म चोट किन लागेन ?’
३. श्रीदेवीले कति मदिरा पिएकी थिइन् जसका कारण उनी अनियन्त्रित भइन् ? किनकि उनका पारिवारिक मित्र अमरसिंहले प्रहरीमा दिएको बयानअनुसार श्रीदेवीले कहिल्यै हार्ड ड्रिंक पिउँदिनथिन् । उनी वाइन मात्र पिउँथिन् त्यो पनि निकै सीमित मात्रामा ।
४. कसैले श्रीदेवीलाई जबरजस्ती मदिरा (हार्ड ड्रिंक) पिलाएर बाथटबमा फालेको हुन सक्छ ?
५. बाथरुममा श्रीदेवी जाँदा बाथटबमा पानी किन भरिएको थियो । किनकि सामान्यतया प्रयोगमा नभएका बेला बाथटबमा पानी भरिँदैन टब खाली नै हुन्छ । यदि कोही नुहाउन बाथरुम गएमा त्यतिबेला त्यो व्यक्ति स्वयंले पानी भर्छ ।
६. अनुसन्धानमा थाहा भएअनुसार श्रीदेवी बाथरुममा भेटिएपछि पति बोनी कपुरले सबैभन्दा पहिले डाक्टरलाई फोन नगरी आफ्ना साथीहरुलाई फोन गरेका थिए । पत्नी अचेत भेटिँदा पहिले डाक्टरलाई फोन नगरी बोनीले किन अन्य व्यक्तिलाई फोन गरे ?
७. पोष्टमार्टम रिपोर्टमा बाथटबमा डुबेको भनिएको छ तर यो सजिलै विश्वास गर्न सकिने अवस्था होइन । किनकि त्यो बाथटब थियो कुनै स्विमिङ पुल होइन जहाँ कोही लडेर उठ्न नसकोस् ।
८. भान्जाको बिहे सकिएपछि बोनी भारत फर्किए तर श्रीदेवी आफ्नी बहिनीसँग केही समय बस्न भन्दै दुबइमै बसिन् । यो परिवारले भनेको कुरा हो । तर, श्रीदेवी त्यहाँ बसेको ४८ घण्टासम्म बहिनीलाई भेट्न जानु त परै जाओस् होटलबाट बाहिर समेत निस्किएकी थिइनन् । न त बहिनी उनलाई भेट्न आइन् ।
९. राती ९ बजे यति ठूलो दुर्घटना भएको थियो तर यो खबर आधा रातपछि मात्र किन सार्वजनिक भयो ? त्यतिबेलासम्म यो खबर किन लुकाइयो ?
१०. होटलका कर्मचारीका अनुसार राती साढे १० बजे श्रीदेवीले पानी मागेकी थिइन् । १५ मिनेटपछि उनी पानी लिएर ढोकाको घण्टी बजाउँदा नखुलेपछि उनले होटलको आकस्मिक अलार्म बजाएका थिए । ढोका फोडेर हेर्दा श्रीदेवी बाथरुममा लडेकी थिइन् । त्यतिबेला ११ बजेको थियो । यो पूरै घटनाक्रममा बोनी कपुर पूरै बेपत्ता छन् । उनी यो बेला कहाँ गएका थिए ?


