Breaking News.... EverestOnlineKhabar
August 9, 2026

जयललिताको शालिक दुरुस्त नभएपछि अर्को शालिक बनाइने

Loading

बीबीसी । भारतको तामिलनाडु राज्यकी पूर्व मुख्यमन्त्रीको पूर्ण कदको शालिक उनीजस्तै नदेखिएको भनेर विरोध भएपछि उक्त राज्यले त्यसलाई परिवर्तन गर्ने भएको छ।

सन् २०१६ मा निधन भएकी चर्चित नेतृको ७० औं जन्मजयन्ती पारेर उनका प्रशंसकहरूमाझ शालिक अनावरण गरिएको थियो । यद्यपि, उनको शालिकको तस्वीर सामाजिक मिडियाहरूमा फैलिएसँगै मानिसहरूले भने विरोधका प्रतिक्रियाहरू जनाएका थिए।
पार्टी प्रवक्ताले उक्त शालिक हेर्दा आफैँ चकित परेको बताए । एकजना अधिकारीले भने, “त्यो शालिक अम्माको जस्तो छैन। अम्माको अनुहार त्यसमा पटक्कै मिल्दैन।“

जयललितालाई धेरैले तामिलमा अम्मा भनेर बोलाउने गर्थे । पार्टीले भने उक्त शालिक बनाउन कति रकम खर्च लागेको थियो भन्ने खुलाएको छैन । उक्त पार्टीकी संस्थापक र नेतृको शालिक बनाउन दिँदा पनि कसरी शालिक त्यस्तो भयो भनेर थप आलोचना भएको छ।
तामिलनाडु सरकारका मन्त्री के पण्डियाराजनले भने, “अनुहारमा गर्नुपर्ने आवश्यक परिवर्तन गरेर फेरि शालिक राखिनेछ।“
उक्त शालिक तामिलनाडुका मूर्तिकारले नभइ छिमेकी राज्य आन्ध्र प्रदेशका मूर्तिकारले बनाएको हुनाले पनि आलोचना बढेको हो ।
नाम खोल्न नचाहने पार्टीका अर्का अधिकारीले पनि जयललिताको शालिक बनाउन अन्य राज्यका मूर्तिकार नभइ आफ्नै राज्यका मूर्तिकारले बनाएको भए हुने बताए ।

तामिलनाडुस्थित आठवटा केन्द्रमा शालिक बनाउनका लागि भारतका अन्य क्षेत्रबाट मानिसहरू आउने गरेको उनले बताए।
उनले भने, “अब पूरै शालिक फेरि बनाएर राख्नुपर्ने पक्का छ। यो पित्तलले बनेको छ। अनुहारमात्रै परिवर्तन गर्न सम्भव छैन।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed