Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन– ‘भ्रष्टाचार र दण्डहीनता मेरा प्रमुख शत्रु’

Loading

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचार र दण्डहीनता आफनो प्रमुख शत्रु भएकाले यसको अन्त्यका लागि कुनै कशर बाँकी नराख्ने स्पष्ट पार्नुभएको छ ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफनो सरकारले भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि कुनै सम्झौता नगर्ने बताउनु भएको हो । मुलुक बिग्रनुमा भ्रष्टाचार र दण्डहीनता प्रमुख कारण रहेको बताउँदै उहाँले सुशासन र न्याय कायम गर्न आफू योजनाबद्ध रुपमा अघि बढने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो–‘ भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि शून्य सहनशीलताको नीति लिइने छ । ’
प्रदेश सरकार सय दिनको योजना तयारीमा लागेको जानकारी दिंदै मुख्यमन्त्री राईले कामको प्राथमिकताको सूची तयार गरी सय दिने योजना सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रदेशमा धेरै ऐन कानुनहरु निर्माण गर्नुपर्ने भएकाले प्रदेश सरकार कानुन निर्माणमा केन्द्रित हुने र ठूला आयोजना अनुगमन तथा गुणस्तर कायममा पनि उत्तिकै ध्यान दिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed