Breaking News.... EverestOnlineKhabar
September 29, 2026

टीकापुर घटनाका फरार अभियुक्त चौधरीद्वारा आत्मसमर्पण

Loading

कैलाली । कैलाली टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन ।

चौधरीले फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । उनले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।

वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश हुन सकेन ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed