Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को सातौं बैठक काठमाडौंमा, थुप्रै बिषयमा सहमति नजिक

Loading

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को सातौं बैठक शनिवारदेखि काठमाडौंमा सुरु भएको छ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिवार र आइतबार दुई दिनसम्म चल्नेछ ।

नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा समाधान, दुई देशबीचको व्यापार, सांस्कृतिक विकासलगायतका विषयमा दुवै देशका सरकारलाई प्रतिवेदन बुझाउने गरी प्रबुद्ध समूह गठन भएको हो । दुवै देशका विज्ञ सम्मिलित बैठकले यसअघिसम्मको छलफलबाट आएको निष्कर्षलाई प्रारम्भिक मस्यौदा बनाउने काम सुरु गरेका छन ।
नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन समूहले पेस गर्ने छ । बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत लगायत समग्र हितका विषयमा छलफल भइरहेको छ ।

यसअघि दुई देशबीच भएको पारवहन सन्धि र सन् १९५० को मैत्री सन्धीका विषयलाई समयानुकूल परिमार्जन गर्न दुवै देशका विज्ञ समूह तयार भएका थिए ।

समूहले छलफल गरी तयार गर्ने प्रतिवेदनलाई दुवै देशको सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.