Breaking News.... EverestOnlineKhabar
June 27, 2026

डीपीएलको अफिसियल एअरलाइन्स ‘श्री’, अक्सन आउँदो बुधवार

Loading

काठमाडौं । अर्को महिना हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टरमा श्री एअरलाइन्स जोडिएको छ।
आइतवार डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच सम्झौता भएको हो। सम्झौतापछि श्री एअरलाइन्सले डीपिएललाई नगद र प्रमोसनल गतिविधिमा सहयोग गर्ने छ।

टुर्नामेन्टको बजेट धेरै भएका कारण पार्टनरहरु आउने क्रम जारी रहेको र सबैसँग सम्झौता गर्नेक्रम पनि जारी रहेको आयोजकले जनाएको छ ।  डीपिएल २ मा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले नगद २५ लाख पुरस्कार हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ। यस्तै तेस्रोले ३ लाख तथा चौथोले २ लाख पाउनेछ।

चैत १७ गतेबाट धनगढीमा हुने डीपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्र नगरद युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।  म्यान अफ दि सिरिजले अपाचे १८० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ। डीपिएलको अक्सन आगामी बुधबार हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.