![]()
काठमाडौं । कुमाउनी, गढवाली र डेउडा गीतमा एकसाथ छलाङ मारिरहेका गायक बीरेन्द्र जोहारीको अर्को डेउडा गीत ‘याँ सम्झिन्या कोई भएन’ अडियो र भिडियोसहित सार्वजनिक भएको छ ।
आफना सृजनामा नयाँ प्रयोग र बिशेष सन्देशसहित प्रस्तुत हुने जोहारीले यो गीतमा मायाको वह पोखेका छन । उनको स्वर र मेलोडीलाई सुहाउने गरी गीतकार पदम खडकाले तयार पारेको यो गीत निकै जमेको छ । गायक जोहारीलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।
गीत सार्वजनिक भए लगत्तै यू ट्युबमा लोकप्रियताको सिंढी चढ्न थालिसकेको छ । देश बिदेशबाट गीतबारे उत्साहजनक प्रतिक्रिया प्राप्त भैरहेका छन । सार्वजनिक भएको दुइ दिन नबित्दै गीतले राम्रो चर्चा लिएपछि गायक जोहारी उत्साहित छन । उनी भन्छन–‘यसले मलाई थप प्रेरणा दिएको छ । मेहनतको फल पाइरहेको छु । ’
गायक जोहारीले यसअघि ल्याएको ‘मुइ डोलि चडन्या बेला’ गीत भारतको कुमाउ गडवालदेखि पश्चिम नेपालमा निकै चर्चा चलेको थियो ।
यो गीतको छायाङ्कन काठमाडौं र आसपासका क्षेत्रमा गरिएको हो । म्युजिक भिडियोमा अहिलेकी ब्यस्त मोडल करिश्मा ढकाल र दोश्रो चोटी मोडेलमा उत्रिएका राजेश खड्काले अभिनय गरेका छन् । म्युजिक भिडियोमा विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको छ भने हरिश महरा र बिरेन्द्र भाट बिपिनको छायांकन त्यस्तै बिरेन्द्र भाट बिपिन, दिलिप तामाङ्गको सम्पादन रहेको छ । सुदूर र मध्यपश्चिमसँगै छिमेकी मुलुक भारतको कुमाउ–गढवाल क्षेत्रमा गायक जोहारीका गीतहरु अत्यन्तै मन पराएको पाइन्छ ।

