Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो । चीनबाट प्रेसित समाचारमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिन्छ । प्यागोडा शैलीको विहारमा आगलागी भएको हो । चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा कसैको ज्यान नगए पनि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । विश्वको छानोका रुपमा लिइने तिब्बतको एक हजार वर्षभन्दा पुरानो जोखाङ विहारलाई युनेस्कोले विश्वसम्पदा सूचिमा राखेको छ ।

चिनियाँ अधिकारीले आगलागीको भिडियो फुटेज तथा तस्वीरहरु अनलाइन तथा सामाजिक सञ्जालमा आउन नदिन ठूलो प्रयास गरेको दाबी पनि गरिएको छ ।

तिब्बतमा नयाँ वर्ष ल्होसार बनाउने समयमै विहारमा आगो लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.