![]()
एजेन्सी । नोकिया कम्पनीका चिफ प्रडक्ट अफिसर जूहो सर्विकासले नोकिया एटमा एन्ड्रोइड ओरियो ८.१ जारी गर्न लागिएको जानकारी दिएका छन । उनले आफ्नो ट्विटमा लेखेका छन, ‘हामीले नोकिया एटमा एन्ड्रोइड ओरियो ८.१ जारी गर्दैछौँ । अब नोकिया ८ चलाउँदा उत्कृष्ट एन्ड्रोइडको मज्जा लिनुहोस् ।’
एचएमडीको यो फ्लागसीप डिभाइस गुगल बाहेकको पहिलो डिभाइस हो जसमा एन्ड्रोइड ८.१ ओरियो अपडेट उपलब्ध हुँदैछ । नोकिया ८ स्मार्टफोनमा गत डिसेम्बरमा एन्ड्रोइड ८ ओरिया अपडेट प्राप्त भएको थियो र अब ८.१ प्राप्त हुनेछ । नोकियामा उपलब्ध हुन थालेको एन्ड्रोइड ८.१ ओरियोको अपडेटको साइज १.६ जिबी रहेको छ । गतवर्ष सेप्टेम्बरमा नोकिया ८ लञ्च भएको थियो ।
डुअल सिम सपोर्ट वाला यो फोनमा ५.३ इन्चको डिस्प्ले छ जसलाई २.५ डी कव्र्ड कर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ । फोनमा ४ जिबी र्याम तथा ६४ जिबीको स्टोरेज छ । यसमा इमेज सेन्सरको साथमा १३ मेगापिक्सेलको डुअल रियार क्यामरा सेटअप रहेको छ । सेल्फी र भिडियो च्याटका लागि १३ मेगापिक्सेलकै फ्रन्ट क्यामरा रहेको छ ।
यो स्मार्टफोन धूलोका कण प्रतिरोधी भएको दाबी कम्पनीको छ ।


