Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारिया अहिले चर्चामा छन्। गुगलमा पनि उनको खोजी धेरै भयो, जस कारण उनले गुगल सर्चमा सन्नी लियोनलाई पछि पारेकी छन्।

उनी गुगलमा खोजिने भारतीयमध्ये सबैभन्दा अग्रस्थानमा छन्। यसअघि सन्नी लियोन सबैभन्दा धेरै खोजिने भारतीय थिइन्। भ्यालेन्टाइड विकमा प्रियाको एउटा भिडियो क्लिप भाइरल बनेको थियो। त्यसयता बलिउडका हिरोइनहरू कैटरिना कैफ, आलिया भट्ट र दीपिका पादुकोणभन्दा उनको खोजी धेरै हुन थाल्यो।

भिडियो भाइरल भएपछि प्रियालाई इन्स्टाग्राममा फलो गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ। उनका फलोअर्सको संख्या ३५ लाख कटिसकेको छ। उनको डेब्यु फिल्म ‘ओरु अडार लव’ मार्च ३ मा रिलिज हुँदै छ। त्यही फिल्मको गीतको भिडियोबाट लिइएको क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको हो। उनको चर्चा चुलिएसँगै निर्माता्निर्देशक खुसी छन्।

रोमान्टिक कमेडी जेनरको यो फिल्म हाईस्कुलमा हुने रोमान्समा आधारित छ। यस फिल्मलाई ओमार लुलुले निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed