![]()
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावाहर आलोचकका रुपमा चिनिएका नेता प्रकाशमान सिंहले सभापति देउवा असफल भएको पुनः दोहर्याएका छन । शनिवार चितवन पुगेका नेता सिंहले सभापति देउवाले विधानअनुसार पार्टी सञ्चालन गर्न नसकेको आरोप लगाए ।
नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि वास्ता नगरेको भन्दै देउवाको आलोचना गरे । उनले निर्वाचनमा भएको हार, सरकारको प्रभावकारिता लगायतका बिषयमा उठेका सवालमाथि नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप समेत लगाए ।
उनले भने– ‘अब कांग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास गर्दैनन, पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्छ । ’
नेता सिंहले बर्तमान सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने जानकारी पनि दिए ।


