Breaking News.... EverestOnlineKhabar
June 4, 2026

को हुन् फ्लोरिडाको विद्यालयमा गोली चलाउने १९ वर्षीय पूर्वविद्यार्थी….?

Loading

एजेन्सी,फागुन ।
भ्यालेन्टाइन्स डे का दिन अमेरिकामा फ्लोरिडाको एक विद्यालयमा पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली प्रहार गरेपछि १७ जनाले ज्यान गुमाएका छन् । यस भयानक घटनाले सबै अभिभावक लगायत विद्यार्थीहरुलाई स्तब्ध बनाएको छ ।
जम्मा १९ वर्षका निकोलस क्रुजले सामान्य विद्यार्थी जसरी नै अर्का विद्यार्थी डकोटासँग स्कुल प्रवेश गरेको वासिङटन पोस्टले बताएको छ । उनीसँगै हिँडिरहेका १७ वर्षीय डकोटालाई त्यसदिन क्रुजको व्यवहार केही अनौठो लागेपनि यति भयानक दुर्घटना हुन्छ भनेर उनले सपनामा समेत नसोचेको बताएका छन् ।
उनका अनुसार क्रुजले यसअघि पनि धेरैपटक खाजा खाने बट्टामा चक्कु ल्याएर बेच्ने गरेका थिए । यति मात्र नभएर उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा समेत बन्दुक जस्ता हतियारको फोटो राख्ने गरेको र जनावरहरु मारेको तस्बिर शेयर गर्ने गरेको पाइएको छ । त्यस्तै उनले अरु विद्यार्थीहरुलाई समेत धम्क्याउने गरेको डकोटाले वासिङटनसँग बताए ।
यस्तै क्रियाकलापका कारण उनी विद्यालयबाट धेरैपटक निलम्बित भइसकेपनि पुनः विद्यालय आएकामा सबैले आश्चर्य मानेको बताइएको छ । फ्लोरिडाको मार्जोरी स्टोनम्यान डोग्लस हाईस्कुलमा घटनाका दिन उनी एअर राइफल साथमा लिएर आएका थिए जसको प्रहारबाट १७ जनाले ज्यान गुमाए भने अन्य १५ घाइते भएको बताइएको छ । डकोटाले बताए अनुसार विद्यालयका करिब सबै विद्यार्थीहरुलाई उनीमाथि धेरै पहिलेबाट शंका थियो । यसका लागि पछिल्लो केही महिनामा उनका गतिविधिबारे अनुसन्धान गर्दा उनले एक वर्षसम्म मानसिक स्वास्थ्य सम्बन्धि उपचार गराएको खुलासा भएको छ ।
त्यसकारण विद्यालयमा पनि सबै शिक्षकहरुलाई उनको क्रियाकलापप्रति नजर राख्न सन्देश पठाइएको विद्यालयका गणित शिक्षक जीम गार्डले बताए । उनको परिवारबारे गरिएको अनुसन्धानबाट उनका सौतेनी पिता रोगर क्रुजको केही वर्षअघि नै हृदयघातका कारण मृत्यु भएको पाइएको छ भने उनकी सौतेनी आमा लिन्डा क्रुजको पनि गत नोभेम्बरमा निमोनियाका कारण मृत्यु भएको पत्ता लगाइएको छ । यसपछि क्रुजले आफ्नो सबै परिवार गुमाउनुको पिडा एक्लैले सहनुपरेको छिमेकी र साथीहरुले बताए ।
उनका अर्का सौतेनी भाइ भने शान्त स्वभावको रहेको भएपनि क्रुजचाहिँ सधैँ विद्यालयको कारबाहीमा पर्ने गरेको बताइएको छ । उनलाई जनावरहरु मन नपर्ने भएकाले धेरैपटक घरमा पालेकालाई समेत मार्न खोजेको गुनासो आउने छिमेकीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed