Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डिभी चिठ्ठालगायतका विषय समेटिएका चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत

Loading

एजेन्सी,फागुन ।
डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षासमेत सामेल थियो । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो ।
सीमा सुरक्षा र नियमसँगसम्बन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेश गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेको यस विधेयकविरुद्ध भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।आगामी मार्च ५ सम्म समाधान खोज्न पनि संसदलाई ट्रम्पको आग्रह छ ।
डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिश गर्न सक्ने व्यवस्था पनि छ । यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed