Breaking News.... EverestOnlineKhabar
June 4, 2026

विश्वकप छनोटको पहिलो खेलमा नेपालले आयोजक जिम्बाबेसँग खेल्ने

Loading

काठमाडौ,फागुन ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ । नामिबियामा बिहीबार सम्पन्न डिभिजन टुमा उपविजेतामा सिमित भएपछि छनोटको समूह बिमा परेपछि नेपालले पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बाबेसँग खेल्ने भएको हो ।
बिहीबार भएको फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि नेपाल उपविजेता बनेको थियो । छनोटको समूह बि मा आयोजक जिम्बाबेसँगै, नेपाल, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेका छन् । र , नेपालले पहिलो खेलमा मार्च ४ मा जिम्बाबेसँग खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्ने छ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ । आगामी मार्च १ देखि १५ सम्म चल्ने विश्वकप छनोटको समूह ए मा वेष्ट इण्डिज, डिभिजन टु को विजेता युएई, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।
छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् । यस्तै शिर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed