Breaking News.... EverestOnlineKhabar
June 27, 2026

आईसीसी विश्व क्रिकेट लिग डिभिजन डीभीजन टू को उपाधि जित्न नेपाललाई २७८ रनको लक्ष्य, युएईले नेपाली बलरलाई पिटनसम्म पिट्यो

Loading

एजेन्सी । आईसीसी विश्व क्रिकेट लिग डिभिजन डीभीजन टू को उपाधिका लागि युएइले नेपालसामु २७८ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली बलरलाई निराश तुल्याउँदै उपाधि भिडन्तमा युएइका ब्याटसम्यान हावी भए । उनीहरुले नेपालका कुनैपनि बलरलाई जम्न दिएनन । सबैको बलमा चौका र छक्का बर्षा गरे ।

नामिबियामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धा्रित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन जोडन सफल भयो । युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १ र १ विकेट लिए । लिगका खेलमा चम्किएका सन्दिपले पूरै १० ओभर खर्चेर ३९ रन दिए । करन केसीले १० ओभर खर्चेर सर्वाधिक ६८ रन दिए तर एक विकेट पनि हात पार्न सकेनन । दोस्रो सर्वाधिक महङ्गोमा मुख्य बलर सोमपाल कामी भए । उनले ९ ओभर मात्र बलिङ गरेर ५६ रन दिए । बसन्त रेग्मीले पनि ५३ रन दिए । सबै बलरमाथि युएइका ब्याटसम्यानले खुलेर ब्याटिङ गरे । नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.