Breaking News.... EverestOnlineKhabar
October 2, 2026

माल्दिभ्समा सेनाले सांसदहरुलाई समात्दै फाल्यो, सांसदहरु थचारिए

Loading

एजेन्सी । राजनीतिक संकटको सामना गरिरहेको माल्दिभ्समा सेनाले संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदहरुलाई संसद परिसरबाट बलपूर्वक बाहिर निकालेको छ ।

सेनाले सांसदहरुलाई उचालेर फालेका केही फोटो त्यहाँको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले ट्वीट गरेको छ । तस्वीरमा सेनाका जवानले सांसदहरुलाई उचाल्दै संसद भवनको कम्पाउन्ड बाहिर फालेको देखिन्छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकाल घोषणा गरेका छन् । विपक्षीहरुले भने राष्ट्रपतिको कदमको चर्को आलोचना गर्दै आएका छन् ।

माल्दिभ्सको संसद भवन सेनाको घेराबन्दीमा छ । विपक्षी नेता अब्दुल सतारका अनुसार सेनाले संसद भवन जान खोजेका सांसदलाई बाहिर फालेको छ । प्रधानन्यायाधीश अब्दुल्ला सइदले आफ्नो कार्यालयमा देशको परिस्थितिबारे धारणा राख्न खोज्दा उनलाई पनि जबरजस्ती तानेर लगिएको सतारको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed