![]()
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बिहीबार अपरान्ह राष्ट्रपति निवास शीतल निवासमा आयोजित बिशेष समारोहमा ओलीले शपथ ग्रहण गरेका हुन । ओलीले ईश्वरको नाममा भन्ने शब्द उच्चारण नगरी देश र जनताको नाममा शपथ गरेका थिए ।
राष्ट्रपति भण्डारीले आज मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, लगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
शपथ ग्रहण गरेपछि निवर्तमान प्रधानमन्त्री देउवा र नवनियुक्त प्रधानमन्त्री ओलीले कुर्सी साटासाट गरेका थिए ।
लालबाबु र थममाया मन्त्री
प्रधानमन्त्री ओलीले बिहीबार नै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवैले राष्ट्रपतिबाट शपथग्रहण गरेका थिए ।



