![]()
एजेन्सी । भारतको आन्ध्र प्रदेशमा एक किसानले अचम्मको काम गरेका छन । खेतमा उब्जीन बढाउन उनले नायिक सनी लियोनको ठूलो पोष्टर बनाएर खेतमा राखेका छन । उनको बिश्वास छ, सनी लियोनको पोष्टरले खेती सप्रिन्छ ।
कुनै समयकी पोर्न स्टार सनी बलिउडमा स्थापित हुने प्रयासमा छिन । उनको शरीरको बनावट र रूपका कारण अझैपनि थुप्रै चलचित्रमा उनले काम पाइरहेकी छिन । पछिल्लो समय उनको अभिनयमा पनि सुधार आएको छ । आफनो आइटम डान्सबाट उनी दर्शकलाई मन्त्रमुग्ध पार्न पनि सफल भएकी छन । सनीलाई प्रयोग गरेर बलिउड फिल्म निर्माताले मोटो कमाई गर्दै आएको नौलो भएन तर अब उनको फोटो राखेरै खेती सप्रिने भएपछि भने अचम्म भएको छ ।
आन्ध्र प्रदेशका ती किसानले भनेका छन, ‘यो पोष्टर राखेपछि मेरो खेती सप्रिन्छ । पशुपंक्षी सुरक्षित हुनेछन् ।’
नेल्लोर जिल्लाका बाँदाकिदिपल्ली गाउँका ए चेँचु रेड्डी नामका ती किसानले रातो रंगको विकिनीमा उभिएको सन्नीको फोटोलाई ठूलो तस्विर बनाएर राखेका छन् ।
ती किसानका अनुसार राम्रो फसलमा धेरैको आँखा लाग्छ । आम मान्छेले खेतीमा आँखा नलगाउन् भन्नका लागि सन्नीको पोष्टर राखिएको हो ।


