Breaking News.... EverestOnlineKhabar
June 27, 2026

फागुन ४ र ५ गते काठमाडौंमा क्योकूशिन प्रतियोगिता हुँदै

Loading

काठमाडौं । नेपाल क्योकूशिन बुदो करातें कम्युनिटी संघले यही फागुन ४ र ५ गते काठमाडौंमा प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन बुंदो करातेंं प्रतियोगिता गर्ने भएको छ ।

संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन, कास्की लगायतका ११ जिल्लाका १६० जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
संघका अध्यक्ष भुषण महर्जनले फुलकन्ट्याक्ट करातें महासंघमा आबद्ध सबै खेलाी, प्रशिक्षक, खेलप्रेमी लगायतसंग सहकार्य गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितमा प्रथम, द्धितिय र तृतीय तथा सान्त्वना सवै खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितामा विभिन्न ७ तौल समूहका खेलाडीहरुको सहभागीता रहनेछ । ३५ केजी मुनी तौल समुहका पुरुष, ४५ केजी मुनिका तौल समुहका पुरष, ५५ केजी मुनि तौल समुहका पुरुष, ६५ केजीमाथि तौल समुहका खुल्ला पुरुष तथा ५० केजी मुनी तौल समुहका महिला र ५० केजी माथि तौल समुहका खुल्ला महिला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.