Breaking News.... EverestOnlineKhabar
October 2, 2026

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको शपथ ग्रहण, ५ सदस्यीय मन्त्रिपरिषद् बिस्तार

Loading

बिरानटगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्यमन्त्री राईले प्रदेश प्रमुख गोविन्द सुब्बाबाट शपथ लिएपछि पदभार समेत ग्रहण गर्नुभयो ।

मुख्यमन्त्री राईले शपथ लिएसंगै ५ सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गर्नुभएको छ । राईको सिफारिसमा प्रदेश प्रमुख सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ ।
नवनियुक्त चार जना मन्त्रीले पनि प्रदेश प्रमुखबाट बिहीबार नै शपथ लिनुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई मुलुककै नमूना प्रदेश बनाउन आफूसंग ठोस योजना भएको स्पष्ट पार्दै सबैसंग सहकार्य गरेर अघि बढने प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed