Breaking News.... EverestOnlineKhabar
October 2, 2026

प्रदेश २ मा शपथको रमिता :भोजपुरीदेखि हिन्दी भाषामा शपथ

Loading

जनकपुर । भाषा र पोशाकको बिषयलाई लिएर प्रदेश नम्बर २ विवादित भएको छ । प्रदेश शभाको पहिलो बैठकमै दौरा सुरुवाल र सारी चोली निषेध गरेपछि विवादमा परेको २ नम्बर प्रदेश अब शपथ ग्रहण समारोहमा प्रयोग भएको भाषालाई लिएर पनि विवादमा तानिएको छ ।

प्रदेश शभा बैठकमा सांसदहरुले हिन्दी भाषामा बोलेपछि केही दिनअघि तराईका केही युवा नेताहरुले उनीहरुको पुतला दहन गरेका थिए । त्यसको एक हप्ता बित्न नपाउँदै प्रदेश नम्बर २ को पूर्वाधार मन्त्रीमा नियुक्त जितेन्द्र सोनालले हिन्दी भाषामा शपथ लिए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपालीमा शपथको भाषा पढेपनि सोनालले हिन्दीमा शपथ लिएका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोजपुरी र अर्का मन्त्री विजय यादवले मैथलीमा शपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed