Breaking News.... EverestOnlineKhabar
June 27, 2026

फागुनको अन्त्यमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, केही दिनमै मिति घोषणा

Loading

काठमाडौं । निर्वाचन आयोगले फागुनको अन्त्यसम्ममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा दलहरुसंग परामर्श गरेपछि आयोग सो टुंगोमा पुगेको हो ।

आयोगले बिहीबार आयोगको कार्यालयमा दलका नेताहरुसंग परामर्श गरेको थियो । छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारको मनोनयनपत्र दर्ता गरेका उमेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन पनि आग्रह गरिएको थियो ।

छलफलमा पाँच राजनीतिक दल नेकपा (एमाले) का नेताहरू राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, केशव झा र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, डा. शिवजी यादव सहभागी थिए ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि अब सरकारसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति र निर्वाचन कार्यतालिकाको घोषणा गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.