Breaking News.... EverestOnlineKhabar
October 2, 2026

भारतमा सरकार मातहतको पञ्जाब नेशनल बैंक (पिएनबी) को एउटै शाखामा एक अर्ब ८० करोड अमेरिकी डलर घोटाला

Loading

एजेन्सी । भारतको सरकारले सञ्चालन गरेको दोस्रो ठूलो बैंक पञ्जाब नेशनल बैंक (पिएनबी) का एउटै शाखामा एक अर्ब ८० करोड अमेरिकी डलर घोटाला भएको खुलासा भएको छ ।

पिएनबीको मुम्बई शाखामा सन् २०१७ अन्तिम त्रैमासिकमा एक अर्ब ८० लाख घोटाला भएको हो । यो पिएनबीको बजार पूँजीको झण्डै एक तिहाई तथा मुनाफाको आधा हिस्सा हो ।

केही सीमित ग्राहकलाई मात्रै लाभांश दिएर घोटाला भएको देखिएको बैंकले जनाएको छ । तर यो घोटाला काण्डले अरु बैंकलाई पनि असर गर्ने र देशको बैंक प्रणली प्रभावित हुने चिन्ता व्यक्त भएको छ । बैंकले कालो धनलाई वैध बनाउनका लागि यस्तो घोटाला गरेको हुन सक्ने आशंका अनुसन्धान सुरु भएको सरकारी अधिकारीले बताएका छन् । केही सीमित खातावालालाई मात्रै लाभ दिने गरी घोटाला भएको हो ।

घोटालाको घटना सार्वजनिक भएपछि बैंकको शेयर मूल्यमा भारी गिरावट आएको छ । पिएनबीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढी गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed