![]()
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन ।
बिहीबार बिहानै वामगठबन्धनले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो । दाबी प्रस्तुत गर्न अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् ।


