Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै, सपथ दिउँसो ४ बजेको लागि तय

Loading

काठमाडौ,माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै वाम गठबन्धनका शीर्ष नेताहरुले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्। सरकार गठनका लागि कम्युनिस्ट गठबन्धनको स्पष्ट बहुमत भएको दाबी गर्दै गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबाट हस्ताक्षरसहित राष्ट्रपतिलाई दाबी पेश गर्न लागिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा बुधबार साँझ अबेर राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको बाटो सहज बनेको हो। सरकार गठनका लागि बहुमतसहितको हस्ताक्षरपत्र बुझेसँगै राष्ट्रपति भण्डारीले आजै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछिन्।‘दिउँसो ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको छ,’राष्ट्रपति कार्यालय स्रोतले भन्यो। प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता अथवा दुई वा त्योभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.