Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रधानमन्त्री देउवाले आज ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

Loading

काठमाडौ,फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने भएका छन्। मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री देउवाले विहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
उनले बुधबार नै राजीनामा दिने बताइए पनि निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम राष्ट्रपति कार्यालयमा साँझ अबेर मात्र बुझाएकाले रोकिएको थियो।
देउवा २०७४ जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले आजै सरकारी निवास बालुवाटार छोड्दैछन्। सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.