![]()
काठमाडौ,फागुन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताका लागि ९५ प्रतिशत काम सकिएको दुवै पार्टीका नेताहरुले बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बुधबार एकता संयोजन समितिको बैठकपछि एकताका लागि ९५ प्रतिशत काम सकिएको प्रतिक्रिया दिए ।
उनले वैचारिक र सांगठनिक कार्यदल बिहीबार बनाउने बारेमा सहमति जुटेको बताए । उनले भनेः‘त्यसमा को को रहने भन्नेबारेमा पनि सहमति जुट्न बाँकी छ,एकताका लागि ९५ प्रतिशत काम सकियो । अब पाँच प्रतिशत मात्रै बाँकी छ ।’
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि बिहीबार नै एकताको टुंगो लाग्ने बताए । उनका अनुसार वैचारिक कुरा कसरी टुंगो लगाउने भन्ने विषयमा पनि कुराकानी भएको थियो ।


