![]()
बिराटनगर । पूर्व संचार मन्त्री एवम एमाले प्रदेश नम्बर १ को संसदीय दलका नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले नेता राईलाई बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।
मुख्यमन्त्री राईले बिहीबार शपथ लिएर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
राई आफनै पार्टीका प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्यलाई पराजित गर्दै दलको नेतामा चयन भएका थिए । राईले प्रदेश नम्बर १ लाई मुलुककै नमूना प्रदेश बनाउन विकासका योजनासमेत बनाइसकेका छन । मुख्यतः पर्यटन, जलबिद्युत, उत्तर दक्षिण सीमा, आन्तरिक उद्योग प्रवद्र्यन र रोजगारी उनका प्रमुख लक्ष्य रहेका छन ।


