Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ । प्रदेश नम्बर १ को मुख्यमन्त्री निश्चित भैसकेका एमाले नेता शेरधन राईले आफनो प्रदेशलाई समृद्ध बनाउने एजेण्डा तयार गरिसकेका छन । प्रदेशको चुनावमा होमिए लगत्तै मुख्यमन्त्री दाबी गर्दै आएका राई प्रदेश १ को दलको नेतासमेत चुनिसकेका छन । संसदीय दलको नेता भैसकेपछि उनको मुख्यमन्त्री बन्ने बाटो पनि खुला भएको छ । अब मुख्यमन्त्रीमा उनको नियुक्ति र सपथ हुन बाँकी छ । त्यो पनि केही दिनमा पूरा हुनेछ ।

नेता राईले आफू मुख्यमन्त्री भएपछि गर्ने काम र योजना स्पष्ट पारेका छन । कस्ता छन त उनका योजना हेरौं बुँदगत रुपमा :

पर्यटन
नेता राईले प्रदेश नम्बर १ को विकासका लागि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेका छन । पर्यटकिय पूर्वाधार भएपनि आफनो प्रदेशमा पर्यटनको विकास हुन नसकेको उनको बुझाई छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत कञ्चनजंघा, लोत्से, मकालु आदि हिमाली क्षेत्रमा प्रदेश १ मै भएकाले अब त्यसको प्रवद्र्यन र प्रचारप्रसार गरिने उनले बताए ।

‘माउन्टेन फ्लाइट’लाई विराटनगर वा भद्रपुरबाट पनि विस्तार गर्ने उनको योजना छ । यस्तै, ट्रेकिङका लागि धरानबाट मकालु आधारशिविर, चारआलीबाट कञ्चनजंगा आधारशिविर, मिर्चैयाबाट सगरमाथा आधारशिविरसम्मको प्याकेज ल्याएर भारतीय पर्यटक तान्ने उनको योजना छ ।

प्याराग्लाइडिङ र्र याफ्टिङ सेवामा विश्व बजारका पर्यटक तान्ने, धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको पनि पर्यटकीय कोणबाट विकास गर्ने उनको सोचाइ छ ।

पूर्वाधार विकास
भौतिक पूर्वाधार र यातायातको पहुँच विकासको पहिलो खुटकिलो भएकाले सडक सञ्जाल र हवाई उडान विस्तारलाई मुख्य ध्यान दिने उनी बताउँछन । प्रदेशका कुना कुनासम्म सडक सञ्जाल, मध्यपहाडी र हुलाकी राजमार्गको निर्माण, अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण लगायतका बिषय उनको प्राथमिकतामा छन ।

ऊर्जा उत्पादन

नेपालको कुल जलविद्युत् उत्पादनको एक तिहाइ प्रदेश १ मा रहेकाले नवीकरणीय ऊर्जाको पहुँच गाउँगाउँसम्म र्पुयाउन अध्ययन गरी कार्यक्रम ल्याउने उनको योजना छ ।

अर्गा्निक कृषि उत्पादन
प्रदेश १ मा हिमालदेखि तराईसम्मका अन्नबाली उत्पादन हुने भएकाले किसानलाई सहुलियतको मल, बीउ र प्रविधि हस्तान्तरण गरी अर्गा्निक कृषि उत्पादन गर्ने उनको योजना छ ।

निर्यातमुखी औद्योगिक उत्पादन
प्रदेश १ को उत्तरी सिमाना विश्वकै विशाल अर्थतन्त्र चीन तथा बाँकी सीमा एसियाको उदीयमान अर्थतन्त्र भारतसँग जोडिन्छ । यो प्रदेशको पूर्वी सीमाबाट केही घण्टामै बंगलादेश र भुटान पुग्न सकिन्छ । प्रदेशको यस्तो रणनीतिक महत्व बुझेर निर्यातमुखि उत्पादनमा बढावा दिने उनी बताउँछन ।

उत्तरी नाका सञ्चालन
प्रदेश १ का ताप्लेजुङस्थित ओलाङचुङगोला र संखुवासभास्थित किमाथांका नाकाहरु चाँडो खोल्न बजेट तथा कार्यक्रम बढाउने उनको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.