![]()
काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने बताएका छन ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थु्र (छिचोलिने) हुने दाबी गरे ।
ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७.५ किलोमिटर रहेको छ ।
सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ ।


