![]()
काठमाडौं । नयाँ सरकार निर्माण र एमाले माओवादी एकीकरण प्रक्रिया अन्तिम अवस्थामा रहेकाबेला भारतीय राजदूत मञ्जिव पुरी सक्रिय भएका छन । उनले मंगलबार एमाले अध्यक्ष केपी ओलीसंग भेटवार्ता गरी सरकार निर्माण र माओवादीसंगको पार्टी एकताबारे गम्भीर चासो व्यक्त गरेका छन ।
ओलीलाई भेट्न राजदूत पुरी एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका थिए। भेटमा सहभागी एमाले नेता राजन भट्टराईले पुरीले नयाँ सरकार गठनमा चासो व्यक्त गरेको जानकारी दिए ।
जवाफमा ओलीले सहमति जुटाउन दलहरूसँग छलफल चलिराखेको उल्लेख गर्दै निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई पठाएपछि नयाँ सरकारको प्रक्रिया सुरू हुने बताएका थिए।
भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले पार्टी एकताबारे छलफल जारी रहेको र छिट्टै निर्णयमा पुग्ने उल्लेख गरे ।


