Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । काठमाडौंमा सन्चालित तीनदिने तीर हान्ने खेल सकिएको छ । कर्मज्यामु भोटिया समाजले गरेको प्रतियोगितामा भोटखोला क्षेत्रका १५ टिम सहभागी थिए ।

हिमालय क्षेत्रमा बसोबास गर्ने भोटेबीच लोकप्रिय तीर हान्ने खेल प्रत्येक वर्ष आयोजना गरिन्छ । २१ सय ४५औं खिलो ग्याल्मो ल्होसारको अवसरमा गरिएको खेलमा भोटेजातिको उल्लेख्य सहभागिता थियो ।

कर्मज्यामु भोटिया समाजका अध्यक्ष लप्ते भोटेकाअनुसार एकापसमा सद्भाव र खुसी साटासाट गर्न यो खेल खेलिन्छ ।

भोटे भाषामा ‘दची’ खेलकारुपमा परिचित यो खेलसँगै उनीहरुले आफ्नो भाषामा गीत गाउने, शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कार प्रदान गरियो । सहभागीहरुले यो खेललाई राष्ट्रिय खेलको मान्यता दिन पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.