Breaking News.... EverestOnlineKhabar
October 2, 2026

अख्तियारबाट दीप बस्न्यात बाहिरिए, अब प्रमुख आयुक्त को ?

Loading

काठमाडौं । उमेरहदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात सेवा निवृत्त भएका छन्। संविधानले अख्तियार प्रमुखका लागि ६५ वर्षको उमेर हद तोकेको छ।

फागुन १ गते सार्वजनिक बिदा परेपछि बस्न्यात सोमबार नै अख्तियारबाट बिदाइ भएका हुन्। २०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका बस्न्यातले २०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समालेका थिए।

सर्वोच्च अदालतले कार्कीको नियुक्ति नै बदर गरे पछि सरकार उनलाई प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। उनले गत जेठ ८ गतेबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए।

बस्न्यातको अवकाशपछि बरिष्ठ आयुक्त नवीनकुमार घिमिरेले कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समाल्ने बुझिएको छ।
पूर्व सचिव घिमिरे पनि २०७१ फागुन १५ देखि नै अख्तियारको आयुक्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed