Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । अष्ट्रेलियाका ब्याङ्क तथा वित्तीय सेवाहरूमा हुने गलत कामबारे एउटा महत्त्वपूर्ण छानबिन शुरू भएको छ।
सार्वजनिक छानबिनसम्बन्धी देशको सबैभन्दा ठूलो निकाय ’द रोयल कमिशन’ अर्थात् शाही आयोगले वित्तीय क्षेत्रमा हुने भनिएका आरोपित र स्थापित दुर्व्यवहारहरूबारे छानबिन गर्नेछ।

अष्ट्रेलियाका ब्याङ्कहरूले सेवाग्राहीमाथि शोषण गर्ने र ठूला व्यापारिक निकायहरुसँग मिलेर धोकेबाजी गर्ने जस्ता आरोपहरू झेल्दै आएका छन्। अष्ट्रेलियाका ब्याङ्कहरू नाफा कमाउने विश्वका ब्याङ्कहरूमा पर्दछन्।

आयोगले सोमवार मेलबर्नमा पहिलो सुनुवाइ गरेको छ। आयोगका आयुक्त केनेथ हायनीले समुदायको वित्तीय क्षेत्रमा ’मापदण्ड र अपेक्षाभन्दा तलका व्यवहारमा पर्ने’ क्रियाकलापबारे अनुसन्धान गरिने बताए।

उनले अष्ट्रेलियाका वित्तीय सेवाहरू विश्वका बलिया तथा स्थिर सेवामा पर्ने भए पनि गलत व्यवहारका स्थापित उदाहरणहरू रहेको र त्यसले सांस्कृति एवं सरकारी अभ्यासहरूबारे प्रश्न उब्जाएको उल्लेख गरे।

ब्याङ्किङ सेवाका बाहेक निवृत्तिभरण अथवा निवृत्ति योगदान, बीमा र सम्पत्ति व्यवस्थापन कम्पनीहरूबारे पनि छानबिन गरिनेछ। यद्यपि ठूला ऋणदाताहरूमाथिको छानबिनलाई प्राथमिकता राखिनेछ, जसले सेवाग्राहीलाई भन्दा नाफालाई बढी महत्त्व दिने गरेका छन्।

पहिलो चरणको सार्वजनिक सुनुवाइ आगामी महिना शुरू हुनेछ, जो अनियमित ढंगले धितो, क्रेडिट कार्ड र कार ऋणमा भइरहेका कर्जा प्रवाहमा केन्द्रित हुने बताइएको छ।

आयोगलाई कागजातहरूको जाँचबुझ गर्ने र प्रत्यक्षदर्शीलाई सुनुवाइमा उपस्थित हुन बाध्य पार्न सक्ने अधिकार हुनेछ।

उक्त निकायले फौजदारी कारबाही र कानूनी परिवर्तनका लागि पनि सुझाव दिन पाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.