Breaking News.... EverestOnlineKhabar
June 26, 2026

उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार

Loading

बीबीसी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन्।
अमेरिकाले आफ्नो अडान स्पष्ट रूपमा परिवर्तन गरेको जस्तो देखिने गरी पेन्सले भनेका छन–‘ यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ। ’

तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने उनको भनाइ छ।
दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि उनी बोलिरहेका थिए। दक्षिण कोरियामा पेन्सले त्यहाँका राष्ट्रपति मून जे इनसँग भेटवार्ता गरेका थिए।

यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ(अन निशशस्त्रीकरणका लागि तयार नभएसम्म उनीसँग वार्ता नगर्ने बताएको थियो।
दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले बताए।
यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको बताएका थिए। उनले उक्त विषयमा दुई देशबीच ’कुनै मतभेद’ नरहेको समेत बताएका थिए।

शनिवार उत्तर कोरियाली नेता किम जङ् अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिएका थिए।
भेट भएमा त्यो दुई कोरियाली नेताहरुबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ। तर मूनले निमन्त्रणा स्वीकार गर्नुअघि निश्चित शर्तहरू पालना हुनुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतवार संकेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.